
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले खेर जाने बिजुली विशेष सहुलियतमा दिएर खपत गर्न सुझाव दिएको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले ‘अफ पिक आवर’मा खेर जाने ठूलो मात्राको विद्युत् खपत गर्न सक्ने उद्योगलाई सस्तो मूल्यमा दिन सुझाव दिएको हो ।
उक्त अवधिमा खपत गरेको विद्युत् महसुलमा विशेष सहुलियत दिने तथा त्यस्ता उद्योग स्थापना गर्न विशेष प्रोत्साहन गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।
भोल्टेज कम भएको समयमा उत्पादन समेत कम हुने, हिउँदमा बिजुली अनिश्चित रूपमा काटिने हुँदा मेसिनरी र उत्पादनमा असर पर्ने भएकाले त्यसको क्षतिपूर्तिस्वरूप धेरै विद्युत् उत्पादन हुने वर्षायाममा उद्योगीलाई सहुलियत दरमा विद्युत् प्रदान गर्नुपर्ने आयोगले सुझाव दिएको छ ।