site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध
Tiktok banner adTiktok banner ad

मध्यविन्दु (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारी आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो । 

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए । 

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रुबीच सडकमा अलपत्र परेका छन् ।
 
दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ देखि ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । 

वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro