
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढेको छ । गत फागुनसम्म आठ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी आएको छ । यो रकम स्वपुँजी (इक्विटी)को रूपमा भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ६३ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष वैदेशिक लगानी एक अर्ब ४१ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा वैदेशिक लगानीको अवस्था कमजोर रहेका बेला चालु आर्थिक वर्षमा केही बढेको छ ।
यसैगरी चालु खाता एक खर्ब ८० अर्ब आठ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँ बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ३३ करोडले बचतमा छ ।