site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविमाथि प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले गरायो आयोगको ध्यानाकर्षण 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । 

कार्यवाहक महासचिव कवीन्द्र बुर्लाकोटी, पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलगायत रास्वपाका नेता बुधबार आयोगको कार्यालय पुगेर ध्यानाकर्षण गराएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“राज्य संयन्त्रले गरेको यो कदम अर्को नागरिकलाई कहिल्यै नहोस्, हामी त्यो कामना गर्छौं । र, देशमा मानव अधिकारको पूर्ण प्रत्याभूति हुन सकोस्,” कार्यवाहक महासचिव बुर्लाकोटीले भने, “यही विषयमा हामीले हाम्रो सभापति रवि लामिछानेविरुद्ध मानव अधिकार हनन्को क्रमबारे राष्ट्रिय मानव अधिकार आयोगबाट छानबिन भई आवश्यक कारबाही होस् भनेर आयोगमा विनेदन पेस गरेका छौँ ।” 

सहकारी ठगी प्रकरणमा चैत २२ गते रविलाई बूढानीलकण्ठस्थित उनको निवासबाट पक्राउ गरेको थियो । पक्राउ पुर्जी समेत नलिइ अदालतको आदेश भन्दै प्रहरीले प्रयोग गरेका शब्दप्रति पनि रास्वपाले आपत्ति जनाएको छ । यसबारे छानबिन गर्न रास्वपाले माग गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्