राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ४ बजे बस्नेछ ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने उनले बताए ।
बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुने उनले जानकारी दिएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ ०६:४७
प्रतिक्रिया दिनुहोस्