
काठमाडौं । सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी एम१६ फाइभजी सार्वजनिक गरेको छ । यो फोनमा स्टाइल र नवीनताको उत्कृष्ट संयोजन रहेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी एम१६ फाइभजी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ । नयाँ डिजाइनसहितको ग्यालेक्सी एम१६ फाइभजी स्टाइल र परफर्मेन्स दुवैमा सुधार ल्याउन तयार गरिएको कम्पनीले जनाएको छ ।
फोनमा सेग्मेन्ट–अग्रणी एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले, ६ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले बताए ।
ग्यालेक्सी एम१६ फाइभजी ६जीबी/१२८ जीबी ब्ल्याक, लाइट ग्रीन, लाइट पिंकमा रहेका छन् । यसको मूल्य २६ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत, हुलास फिनसर्भबाट मात्र नागरिकताकै आधारमा न्यूनतम एक हजार ३५० रुपैयाँ प्रतिमहिनाको ईएमआईमा फोन खरिद गर्न सकिन्छ ।