site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधानअन्तर्गत शपथ खाएर संविधान मान्दिनँ भन्नु इमानदारीको खडेरीपन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जटिलता थपिन लागेपछि मूल प्रतिस्पर्धी दल एकै ठाउँमा आउनुपरेको बताएका छन् । प्रतिस्पर्धामा रहेका दुई दल एकै ठाउँ आउनु राष्ट्रिय एकताका लागि ठूलो कदम भएको उनले बताए । 

प्रधानमन्त्री ओलीले पार्टीभित्र अनेक समस्या रहे पनि देशको आन्तरिक नीति, अन्तर्राष्ट्रिय सम्झौता गर्दा सबै एक ठाउँ रहेको धारणा राखे । 

सोमबार काठमाडौंमा फोरियन अफेयर्स मिडियाद्वारा आयोजित ‘हिमालयन डायलग’को पहिलो शृंखला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको अवस्था संक्रमणकालीन र जटिल हुन थालेपछि मूल प्रतिस्पर्धी दल एकै ठाउँमा मिलेर राष्ट्रका समस्या समाधान गर्न तयार भएको बताए । 

उनले पराजित सामन्तवादले टाउको उठाउन खोजिरहेको अवस्थामा संविधानअन्तर्गत शपथ खाएर संसद् आएर संविधान मान्दिनँ भन्नु इमानदारीको खडेरीपन हुने जिकिर गरे । 

प्रधानमन्त्री ओलीले शिक्षकलगायत सबैको जायज मागलाई वर्तमान सरकारले सुन्ने भन्दै सडकमा कसैले दुःख पाइरहनु नपर्ने स्पष्ट पारे । शिक्षकहरूको मागलाई संवादका माध्यमबाट यथोचित सम्बोधन गर्ने उनले बताए । 

नेपालले आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध र त्यसका केही दायित्वहरू निर्वाह गर्न लागेको प्रधानमन्त्री ओलीले बताए । 

आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा उनले जोड दिए । 

भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उनले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताए । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro