site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दुर्गेशको स्वरमा ‘कर्मा’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको शीर्ष गीतमा दुर्गेश थापाको स्वर छ ।

शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ । व्यक्ति असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको छ । गीतले भनेको छ, जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सत्यलाई उठान गरेको छ । 

गीतको भिडियोमा चलचित्रका मुख्य विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् । दुर्गेश स्वयंले पनि भिडियोमा फिचर्ड भएका छन् । 

सौरभ चौधरीले निर्देशन गरेको ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro