site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीपीको सालिकमा कालोमोसो दलेको विषयमा राप्रपाले माग्यो माफी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगन्जमा बीपीको सालिकमा कालोमोसो लगाएको घटनामा माफी मागेको छ । राप्रपाको नेपालगन्ज नगर कार्य समितिले एक वक्तव्य जारी गर्दै उक्त घटनालाई ‘भवितव्य’ दाबी गरेको छ । 

शनिबार नगर कार्य समितिको आह्वानमा नेपालगन्जको बीपी चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राँके जुलुस निकालेको थियो । आफ्ना नेताको रिहाइको माग गर्दै निकालिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको र अञ्जानवश उक्त घटना भएको नगर कार्य समितिका अध्यक्ष हुकुमसिंह केसीले जारी गरेको वक्तव्यमा जनाइएको छ । 

“सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पूर्वप्रधानमन्त्री बीपी कोइराला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ र रहिरहनेछ,” वक्तव्यमा भनिएको छ, “उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्य समिति क्षमाप्रार्थी छौँ ।”

कुनै पनि राजनीतिक दल र व्यक्ति विशेषलाई होच्याउने मनशाय नभएको केसीले बताएका छन् । 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro