site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नगरप्रहरी प्रमुख पाण्डेले भने : प्रशासकीय अधिकृतसँग माफी मागेको हल्ला झुटो

काठमाडौं । काठमाडौं महानगपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग शुक्रबार भेट गरेका छन् ।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृतसँग भेटेर माफी माग्यो भनेर हल्ला फैलाइएको भन्दै त्यसको खण्डन गरेका छन् । 

उनले शुक्रबारको सुरक्षाका बारेमा सामान्य छलफलमात्रै भएको बताए । “सामान्य छलफल भएको हो । महानगरको प्रमुख मेयर हो । म उहाँकै आदेशमा चल्ने हो,” पाण्डेले भने, “माफी माग्यो भनेर हल्ला फैलाइएको सबै झुट हो । मैले माफी मागेकै छैन ।”

पाण्डेको टोलीले बिहीबार गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो । महानगरकी उपप्रमुखले हस्तक्षेप गरेर उनलाई कार्यालयमा हाजिर गराएकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro