site stats
बाह्रखरी :: Baahrakhari
देश
स्रोत नखुलेको करिब २१ लाख रुपैयाँसहित तिब्बती महिला पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको २० लाख ९२ हजार रुपैयाँसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने तिब्बती महिला रिक्ष वाङ्‍माे हुन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले गए राति पक्राउ गरेको हो । 

उनको साथबाट प्रहरीले एक थान मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान जारी छ । 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्