site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेरो जिब्रो सोझो छ, ‘एग्रेसिव लजिक’मा विश्वास गर्छु : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाएका छन् । सोमबार (चैत १८) राष्ट्रियसभा बैठकमा उनले आफ्नो अभिव्यक्तिका कारण सांसदको मनमा चोट परेको भए क्षमा माग्दै आउँदा दिनमा शैली सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कसैलाई होच्याउन अभिव्यक्ति नदिएको र आफ्नो ‘जिब्रो सोझो’ रहेको उनले बताए । उनले ‘एग्रेसिव लजिक’मा विश्वास गर्ने शैली आफ्नो रहेको स्पष्ट पारे ।

Argakhachi Cement Island Ad

“एउटा कुरा मैले आज बोल्नैपर्ने भएको छ । मेरो जिब्रो सोझो छ । सिधा छ । घुमाउरो छैन । म फेरि एग्रेसिव लजिकमा विश्वास गर्छु, शैलीका हिसाबले पनि,” उनले भने, “मैले कुनै मान्य (सांसद)को अपमान गर्ने ढंगले बोलेको पनि थिएन । मेरो मनमा एक प्रतिशत पनि छैन ।”

मन्त्री गुरुङले यसअघिको राष्ट्रियसभा बैठकमा सांसदलाई होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै आलोचना गरिएको थियो । “विगतको छलफलमा मैले जेजे शब्दहरू प्रयोग गरेँ, उखान टुक्का हालेँ, जेजे विम्बहरू प्रयोग गरेँ, त्यसले तपाईंहरूको भावनामा साह्रै चोट पुग्यो भन्ने फिल भयो, तपाईंहरू सबैले बोल्दा,” उनले भने, “मेरो यो शैलीले गर्दा तपाईंहरूलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिबद्धता जाहेर गर्दछु ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्