site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चाको निष्कर्ष– तीनकुने घटनामा सरकारको कमजोरी

काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार (चैत १५ गते) तीनकुनेमा भएको घटनामा सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको छ । सोमबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा बसेको मोर्चाको बैठकले सरकारको कमजोरीका कारण तीनकुने घटनामा ठूलो जनधनको क्षति भएको निचोड निकालेको हो ।

बैठकमा सहभागी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी निदमा यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको जानकारी दिए । बैठकले आन्दोलनमा भएको क्षतिपूर्तिका लागि सरकारसँग आग्रह गरिएको र राजावादीहरूबाटै क्षतिपूर्ति भराउनुपर्ने गरी माग गर्ने उनको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र विदेशी प्रतिक्रियावादी र देशका प्रतिगामी तत्वहरूलाई मन नपरेको भन्दै उनले सशक्त प्रतिवाद गर्ने निर्णय भएको उल्लेख गरे ।

त्यस्तै, मोर्चाले गणतन्त्र पक्षधर राजनीतिक पार्टीबीच छिट्टै अन्तरक्रिया गरिने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro