site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आसर्नलको नयाँ खेलकुद निर्देशकमा आन्द्रिया बेर्टा

काठमाडौं । आर्सनलले इटालीका आन्द्रिया बेर्टालाई नयाँ खेलकुद निर्देशकमा नियुक्त गरेको छ । इंग्लिस क्लबले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ खेलकुद निर्देशकको जिम्मेवारी बेर्टालाई सुम्पिएको जनाएको छ ।

उनले यसअघि १२ वर्ष स्पेनिस क्लब एट्लेटिको मड्रिडमा बिताएका थिए । “म आर्सनलसँग जोडिन पाउँदा निकै खुसी छु । पछिल्ला वर्षहरूमा आर्सनलले कसरी विकास गरेको छ भन्ने कुरा मैले धेरै चासोका साथ हेरेको छु । र, युरोपेली फुटबलमा क्लबलाई एक प्रमुख शक्तिका रूपमा पुनर्स्थापित गर्न गरिएको कडा परिश्रमको म प्रशंसा गर्छु,” सम्झौतापछि उनले भने । 

एट्लेटिकोले बेर्टाको कार्यकालमा दुईपटक स्पेनिस ला लिगाको उपाधि जितेको थियो । यस्तै, क्लबले दुईपल्ट युरोपियन च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro