site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाबुरामको टिप्पणी : राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर 'विषपान' गर्नु हो
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विषपान गर्नु सरह भएको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरूले गल्ती गरे जनताले सच्याउनुपर्ने जिकिर गरे । अहिलेको परिस्थितिमा सतर्क हुनु जरुरी रहेको उल्लेख गरे । लोकतन्त्रका कमी, कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए ।

"हिम्मत हारेर हुँदैन, निराश भएर हुँदैन, जब समाज, राज्यमा विकृति हुन्छ, सत्तामा बस्नेहरूले गल्ती गर्दछन्, त्यतिबेला खबरदारी गरेर सच्याउने जनताले हो । तर लोकतन्त्रमा लडेका नेताहरू, लोकतन्त्र प्रणालीमा काम गरिरहेकाहरूले गल्ती, कमजोरी गरे भनेर लोकतन्त्रका विरोधीहरू निरंकुशता, राजतन्त्रवादी शक्तिहरू आउनुपर्छ भनेर बुझ्नु त्यो भोक लाग्यो भनेर विषपान गर्नु जस्तै हुन्छ । त्यो श्रेयस्कर, बुद्धिमानी हुँदैन," उनले भने ।

उनले संविधानमा केही त्रुटीहरू रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए । शासकीय स्वरुप र निर्वाचन प्रणाली त्रुटिपूर्ण रहेको जिकिर गरे ।

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro