site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजालाई विश्वप्रकाशको प्रश्न– मान्छे मारिएको घटनामा बोल्नुपर्छ कि पर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा महामन्त्री शर्माले शुक्रबारको घटनामा पूर्वराजा शाह पूणरूपमा दोषी रहेको बताए ।

पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हकभन्दा बढी दिएर राखिएको भए पनि उनले सम्मान गर्न नसकेको शर्माको भनाइ छ ।

"आज पूर्वराजाले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? मान्छे मारिएको घटनामा बोल्नुपर्छ कि पर्दैन ? कस्तो राजसंस्था खोजेको हो ? पत्रकारसमेत मारिँदै गर्दा दु:ख लाग्यो भनेर कुनै पत्रिकाबाट छापिने गरी विज्ञप्ति पठाउनुपर्छ कि पर्दैन ?," शर्माले प्रश्न गरे ।

उनले मुलुकमा भएका घटनाबारे सदनमा विषय राख्न नपाउने अवस्था सिर्जना भएको र यसमा सिंगो संसद् नै दोषी भएको धारणा राखे । प्रधानमन्त्रीले सदनमा जवाफ दिने भनिसक्दा पनि अहिलेको अवस्थामा सदन अवरुद्ध गर्नु उचित नहुने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro