site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकबाट नेपालका रणनीतिक सडक सञ्जाल विस्तारका निम्ति उक्त वित्तीय सहायता दिने निर्णय गरिएको हो ।

सडक विभागमार्फत परिचालन गरिने उक्त सहायताबाट रणनीतिक सडक विस्तार गरिनेछ । पुलहरूको मर्मतसम्भारमा समेत रकम उपयोग गरिनेछ ।

नेपाललाई दिइने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निम्ति क्षेत्रीय निर्देशक डेविड सिस्लेनले जानकारी दिए । रणनीतिक सडक विस्तारले बजार र सेवासम्मको पहुँचमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।

विश्व बैंकका अनुसार, यो कार्यक्रमले सडक विभागको क्षमता सुदृढ गर्न समेत सघाउ पुग्नेछ । प्रभावकारी पूर्वाधार व्यवस्थापनका निम्ति संस्थागत प्रणालीलाई अझ बलियो बनाउने विश्वास लिइएको छ । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro