site stats
बाह्रखरी :: Baahrakhari
देश
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं । सिन्धुलीमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । 

झापाबाट काठमाडौं आउँदै गरेको प्र–१–०१–००१च ८८२१ नंको योद्धा गाडीले दिएको ठक्करबाट आइतबार कमलामाई नगरपालिकाका सरसफाइ कर्मचारी शेरबहादुर खपांगीको मृत्यु भएको हो । 

Argakhachi Cement Island Ad

गाडीको ठक्करबाट गम्भीर घाइते भएका खपांगीलाई उपचारका निम्ति जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

ठक्कर दिने सवारी र त्यसका चालक झापाका हेमराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्