site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वराजालाई ‘एरेस्ट’ गरेर देखाउन लिङदेनको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । शनिबार (चैत १६) पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो चुनौती दिएका हुन् ।

“राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि स्पष्ट छु,” उनले भने, “राजालाई एरेस्ट गरेर देखाउनु अनि शक्ति हामी देखाउँछौँ ।”

Argakhachi Cement Island Ad

उनले आफूले निर्वाचन जित्ने बहानाले मात्र शाहको नाम नलिएको जिकिर गरे । राजसंस्था देशको आवश्यकता भएकामा उनले जोड दिए ।

“राजाको नाम लिएपछि चुनाव जित्न सजिलो हुन्छ भनेर राजा चाहिन्छ भनेको होइन । त्यसकारणले राजा जसले बोके पनि हुन्छ, जसले ल्याए पनि हुन्छ भनेर हामीले बारम्बार भनिरहेका छौँ,” उनले भने, “हामीले कुनै व्यक्तिगत फाइदा र व्यक्तित्व विकासको प्रयोजनका लागि राजसंस्था चाहिन्छ भनेको होइन ।”

उनले शुक्रबार (चैत १५) तीनकुनेको घटनाका विषयमा पूर्वराजाको नाम जोडिएकामा असन्तुष्टि व्यक्त गरे । त्यसबारे आफ्नो कुनै टिप्पणी नभएको उनले बताए । पूर्वराजालाई कुनै विवादमा तान्न नहुने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्