site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेसबुकमा चलाइयो ‘एरेस्ट ज्ञानेन्द्र’ अभियान
फाइल तस्बिर ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्नुपर्ने माग गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘एरेस्ट ज्ञानेन्द्र’ अभियान चलाउँदै उनलाई पक्राउ गर्न माग गरिएको हो ।

यसरी पूर्वराजा शाहलाई गिरफ्तारको माग गर्नेमा राजनीतिक दलका भ्रातृसंगठनका नेता, अभियन्तालगायत सामाजिक सञ्जाल प्रयोगकर्ता छन् ।

शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । त्यसक्रममा सञ्चारकर्मीसहित दुईजनाको मृत्यु भयो । निजी भवन, गाडी तोडफोड र आगजनी गरिएको थियो । कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरियो ।

उक्त प्रदर्शन पूर्वराजा शाहकै सहयोग र निर्देशनमा गरिएको कतिपयको बुझाइ छ । सोही कारण उनलाई घटनामा जिम्मेवार ठहर्‍याउँदै कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिँदै छ । केही नेताले पनि उनीविरुद्ध कडा कदम चाल्न सरकारलाई सुझाव दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro