site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनाइयो घोडेजात्रा

काठमाडौं । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यो वर्षको घोडेजात्रा पर्व मनाएको छ । अघिल्ला वर्षमा झैँ यसपल्ट पनि सेनाले काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा औपचारिक कार्यक्रम गर्दै घोडेजात्रा मनाइएको हो ।

घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, विशिष्ट कर्मचारी, विभिन्न सुरक्षा निकायका प्रमुखलगायत पदाधिकारी र प्रतिनिधिको उपस्थिति थियो ।

समारोहमा सेनाले विभिन्न खेल तथा कला–कौशल प्रस्तुत गरेको थियो । नृत्य समेत प्रस्तुत गरिएको थियो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro