site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारलाई प्रचण्डले भने– निरंकुशतावादीविरुद्ध कडा कदम चाल्नुस्
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुशतावादी र आपराधिक मनस्थितिलाई कडा कारबाही गर्ने उपयुक्त समय भएको बताएका छन् । शनिबार (चैत १६) काठमाडौंमा प्रेस सेन्टरको पाँचौँ महाअधिवेशन उद्घाटनक्रममा उनले त्यस्ता व्यक्तिलाई सरकारले कडा कारबाही गरे आफूहरूको साथ रहने सुनाए ।

“यो सही समय हो । गणतन्त्रवादीले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेहरूलाई कडा कारबाही गरेर आफू पनि सच्चिने र आफू पनि जनताको हितमा अघि बढ्ने यो सही समय हो,” उनले भने, “सरकारले यो बेलामा कडा कदम चाल्यो भने पक्कै पनि हाम्रो समर्थन हुन्छ ।”

सरकारले सम्झौता गर्ने र भ्रष्ट तत्त्वलाई चलखेल गर्न दिइए फाइदा नगर्ने उनले टिप्पणी गरे ।

उनले गणतन्त्रवादी सुध्रिए मात्र एकता हुन सक्ने पनि बताए । “गणतवादी एक हुन गणतन्त्रवादी पहिला गणतन्त्रवादीजस्तो हुनुपर्‍यो । गणतन्त्रवादी गणतन्त्रवादीको विरोधी भयो भने एकता कसरी हुनसक्छ ?,” उनले प्रश्न गरे ।

शुक्रबार (चैत १५) समाजवादी मोर्चाले कार्यक्रम नगरेको भए राजावादीले ठूलो दुर्घटना गराउँथे भन्दै उनले आफूलाई विभिन्न क्षेत्रबाट फोन आएको बताए । “यदि, समाजवादी मोर्चाले ५०औँ हजारको संख्यामा जनतालाई सडकमा नउतारेको भए, शालीनता, सभ्यता अनुशासनको प्रतीकका रूपमा प्रस्तुत नगरेको भए...,” उनले आफूलाई भनिएको कुरा भन्दै सुनाए, “हिजो ठूलो दुर्घटना हुने खतरा थियो ।”

समाजवादी मोर्चाले शक्ति प्रदर्शन गरेर धेरैको ज्यान बचेको भन्दै आफूलाई बधाई भनिएको उनले बताए । “धेरै मान्छेको ज्यान बच्यो, धेरै धनजनको क्षति हुनबाट पनि बच्यो । त्यति हुँदाहुँदै पनि क्षति त भयो,” उनले भने ।

‘विवेक शून्य’हरू यत्तिकैमा रोकिने नदेखिएको उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro