site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका सीडीओलाई प्रश्न– ७ बजेपछि काठमाडौंमा कर्फ्यु हट्छ कि थपिन्छ ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ७ बजेबाट कर्फ्यु हटाउने बताएको छ । 

तीनकुने र आसपास क्षेत्रमा लगाइएको कर्फ्यु बिहान ७ बजेबाट हटाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । 

“अब अहिलेकै अवस्थामा कर्फ्यु थपिँदैन । बिहान ७ बजेबाट उक्त क्षेत्रमा सबैले निर्वाध आवतजावत गर्नसक्नुहुनेछ,” प्रजिअ तिवारीले बाह्रखरीसँग भने, “सुरक्षा निगरानी बढाएर कर्फ्यु भने हटाउँदै छौँ ।” 

अहिलेको अवस्थामा कर्फ्युलाई निरन्तरता दिनुपर्ने अवस्था नरहेको उनले बताए ।

शुक्रबारको घटनाका घाइते र अन्य केही जानकारी जिल्ला प्रशासन कार्यालयले केही समयमा थप जानकारी गराउने तयारी गरिरहेको उनले बताए । 

जिल्ला प्रशासन काठमाडौंले शुक्रबार दिउँसो  ४ : २५ देखि जारी गरेको कर्फ्यु आदेश अहिले बिहान ७ बजे सकिँदै छ ।  

काठमाडौं प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको तीनकुने र त्यस आसपासको क्षेत्रमा शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । 

शुक्रबार ४ : २५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो ।  

राजावदीहरूको प्रदर्शन भएको क्षेत्रमा कर्फ्यु लगाइएको हो । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro