site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने र आसपास क्षेत्रको कर्फ्यु बिहान ७ बजे सकिँदै 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको कर्फ्यु आदेश अहिले बिहान ७ बजे सकिँदै छ ।  

काठमाडौं प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको तीनकुने र त्यस आसपासको क्षेत्रमा शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । 

शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो ।

राजावदीहरूको प्रदर्शन भएको क्षेत्रमा कर्फ्यु लगाइएको हो । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

बिहान ७ बजेदेखि कफ्यु हट्छ अथवा पुनः थपिन्छ, काठमाडौं प्रशासन कार्यालयले प्रष्ट पारेको छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro