site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेताहरूले ‘सिन्डिकेट’ लगाएको भन्दै सभामा नजाने झलनाथको निर्णय 
झलनाथ खनाल । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा आज (चैत १५) आयोजना गरेको सभामा सहभागी नहुने भएका छन् । चार पार्टीका अध्यक्षले मात्र बोल्ने गरी सभाको कार्यसूची तय गरिएकाले खनालले त्यहाँ नजाने निर्णय गरेका हुन् ।

“गणतन्त्रका पक्षमा भएको प्रदर्शन र सभाप्रति मेरो पूर्ण समर्थन छ,” खनालले बाह्रखरीसँग भने, “जुलुसमा सहभागी हुन गाह्रो हुने भयो । तर, सभामा चारजना अध्यक्षले मात्र बोल्ने तय भएछ । त्यो सिन्डिकेटमा दर्शक मात्र हुन जानु उचित नहुने भएकाले मैले नजाने निर्णय गरेको हुँ ।”

उनले आफू घरमै बस्ने बताए । घरबाटै गणतन्त्र र राजावादीका दुवै सभाको मूल्यांकन गर्ने उनले सुनाए ।

समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनीमार्गमा सभा आयोजना गरेको छ । राजावादीले तीनकुनेमा सभा आयोजना गरेका छन् ।

समाजवादी मोर्चामा आबद्ध दलहरू – नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आमसभा आयोजना गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro