
काठमाडौं । काठमाडौं उपत्यकाको वायु शुक्रबार (चैत १५) बिहान ‘अति अस्वस्थकर’ बनेको छ । वातावरण विभागका अनुसार, शुक्रबार बिहान १० बजे काठमाडौंको शंखपार्क सर्वाधिक प्रदूषित छ । त्यहाँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २०० पुगेको छ ।
यस्तै, भक्तपुरको एक्यूआई १९०, रत्नपार्कको १८४, ललितपुरको भैँसेपाटीको १७६ र खुमलटारको १७२ पुगेको छ ।
कैलालीको धनगढीमा पनि वायु प्रदूषण उच्च भएको छ । सोही समयमा त्यहाँको एक्यूआई १७८ मापन गरिएको छ ।
यीबाहेक अरू सहरकोे एक्यूआई १५० भन्दा कम छ ।
एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा अति अस्वस्थकर र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।