site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्दैन : ज्ञानेन्द्र शाही 

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नसक्ने बताएका छन् । 

बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले कुलमानलाई पदबाट हटाउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सडक र सदनबाट आन्दोलन गरिरहेकाले जवाफ नआएसम्म सदन चल्न नसक्ने बताए । 

सरकारले गलत गर्ने र जनतालाई जवाफ दिन नसक्ने गलत प्रवृत्तिले निरंशुकतन्त्र देखिएको उनले बताए । शाहीले देश र जनताको विषयवस्तुको जवाफ दिनुपर्ने कर्तव्य प्रधानमन्त्रीको भएको जिकिर गरे । 

उनले सरकार संसदप्रति उत्तरदायी हुने भएकाले सदनमा उठेका विषयमा जवाफ दिनुपर्ने स्पष्ट पारे । 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro