site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डलाई ओलीको आग्रह– एउटा कर्मचारी हटाएको विषयमा अल्झिन हुँदैन
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'लाई एउटा कर्मचारीको विषयमा नअड्किन आग्रह गरेका छन् । नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा ओलीले  शान्ति प्रक्रियासँग एउटा कर्मचारीको साइनो नहुने बताए ।

“शान्ति प्रक्रिया अघि बढाउने आयोग गठनका लागि सर्त कमिटी बनाएकै दिन हटाइदिइएको भनेर टिप्पणी गरेको सुनेँ । शान्ति प्रक्रियासँग एउटा कर्मचारीको साइनो के हो ?,” ओलीले भने, “म प्रमुख प्रतिपक्षलाई ननइस्यूमा नअल्झन, ननइस्यूलाई इस्यू नबनाउन र देशका मूल समस्या सम्बोधनको सवाल उठाउन आग्रह गर्छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओलीले शान्ति प्रक्रिया प्रधानमन्त्री वा सरकारले मात्र गरेर नहुने भएकाले सहकार्यका लागि आह्वान गरे । एउटा कर्मचारी राख्ने वा हटाउने विषय संसद्‌मा हंगामा गर्ने विषय नभएको र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विषय पनि नभएको ओलीको भनाइ छ ।

“देशमा मूल विषयहरूमा सहकार्य गरौँ । शान्ति प्रक्रियाजस्ता विषयमा सरकार वा प्रधानमन्त्रीले मात्र गरेर नहुने रहेछन् । त्यसमा प्रमुख प्रतिपक्षले सहकार्य गरोस्,” ओलीले भने, “यो सरकार अधिनायक होइन, लोकतान्त्रिक हो । आलोचना सहन तयार छौँ, तर समाज नभाडौँ ।”

उनले १८ वर्षदेखि शान्ति प्रक्रियाले पूर्णता नपाउँदा देशको प्रतिष्ठामा प्रश्न उठिरहेको भन्दै संयुक्त राष्ट्रसंघमा गरेको प्रतिबद्धता पूरा नहुँदा राम्रो सन्देश नजाने बताए ।

यस कार्यक्रममा शीर्ष दलका तीन नेताहरू एउटै मञ्चमा छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्