site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वदेश फर्कियो नेपाली फुटबल टिम
फाइल तस्बिर ।

काठमाडौं । मैत्रीपूर्ण फुटबल र एएफसी एसियन कप क्वालिफायरका निम्ति मलेसिया पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । नेपाली टिम बिहीबार बाटिक एयरबाट गए राति ८ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाली टिमलाई एन्फाका प्रवक्ता सुरेश शाहलगायत पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए । 

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध र एएफसी एसियन कप क्वालिफायरमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपालले मैत्रीपूर्ण फुटबलमा सिंगापुरलाई उसैको मैदानमा १–० ले पराजित गरेको थियो ।

सिंगापुरविरुद्ध नेपाली टिमको यो पहिलो जित हो । यस्तै, क्वालिफायरमा भने नेपाली टिमले मलेसियाविरुद्ध उसैको मैदानमा २–० को हार बेहोरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro