site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरैमा लडेका कम्युनिष्ट नेता कमल कोइराला केएमसीको आईसीयूमा

काठमाडौं । नेकपा एमालेका नेता कमल कोइराला अस्पताल भर्ना भएका छन् । घरैमा लडेर अस्पताल पुर्‍याइएका कोइरालालाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आईसीयूमा सारेको छ । 

आईसीयूमा सार्नु अघि कोइरालले घरैमा लडेर घाइते भएको सुनाएका छन् । पत्रकार किशोर श्रेष्ठले खिचेको भिडियोमा उनले घरैमा लडेको बताएका छन् । 

“कमल बा (हिजो) कता गएर रमाउनुभएछ । राति अबेर घर पुगेर ढल्नुभयो । आज उठ्दा शरीर प्यारालाइज्ड,” श्रेष्ठले उल्लेख गरेका छन्, “सिटीस्क्यान गर्दा टाउकोबाहेक केही चल्दैन । केएमसीको इमर्जेन्सीमा हुनुहुन्छ ।”

पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति मातृकाप्रसाद कोइरालाका छोरा कमल नेकपा एमालेको सल्लाहकार समितिमा छन् ।

kamal-koirala-1742990792.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro