site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्राजिलका कप्तान मार्किन्होसले समर्थकसँग मागे माफी

काठमाडौं । विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्ध लज्जास्पद हार बेहोरेपछि ब्राजिलका कप्तान मार्किन्होसले समर्थकहरूसँग माफी मागेका छन् । मंगलबार दक्षिण अमेरिका छनोटअन्तर्गत ब्राजिलले अर्जेन्टिनासँग उसैको मैदानमा ४–१ को हार बेहोरेको थियो ।

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको ब्राजिलले पछिल्लो चार खेलमा बेहोरेको यो तेस्रो हार हो ।

मार्किन्होसले भने, “आज यहाँ जे भयो, त्यो फेरि दोहोरिने छैन । यसबारेमा कुरा गर्न अहिले कठिन छ । यो निकै लज्जस्पद छ । हामीले सुरुवात निकै खराब गर्‍यौँ । हाम्रो जति क्षमता थियो, त्योभन्दा निकै कम भयो । उनीहरूमा आत्मविश्वास थियो । म हाम्रा समर्थकहरूप्रति माफी माग्न चाहन्छु ।”

दक्षिण अमेरिका छनोटको अंक तालिकामा अर्जेटिना शीर्ष स्थानमा छ । अर्जेन्टिनाले १४ खेलमा १० जित निकाल्दै ३१ अंक जोडेको छ । पराजित ब्राजिल १४ खेलमा पाँच हार बेहोर्दै २१ अंकमा सीमित भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro