site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्यचोकमा रहेको सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ । बुधबार बिहान १० बजेतिर सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, नेपाल प्रहरी, वारुण यन्त्र कर्मचारी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणमा इटहरी उपमहानगरपालिका, दुहबी, बराहक्षेत्र र रामधुनी नगरपालिकाबाट आएका दमकल प्रयोग गरिएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । प्लाजाको पाँचौँ र छैटौँ तलामा आगलागीबाट क्षति भएको छ । आगलागीबाट मानवीय क्षति नभएको र आर्थिक क्षतिबारे यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्लाजामा क्यूएफएक्स सिनेमा घर, बरन्डा होटल र अन्य व्यापारिक प्रतिष्ठानका कार्यालय छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro