site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'ब्ल्याक सी'मा सैन्य आक्रमण रोक्न रुस–युक्रेन सहमत

काठमाडौं । हालै अमेरिकाले रुस र युक्रेनी अधिकारीहरूसँग रुस–युक्रेन युद्धका विषयमा छुट्टाछुट्टै दिन वार्ता गरेको थियो । यी दुवै वार्तामा भएका निर्णयबारे अमेरिकाले मंगलबार विज्ञप्ति जारी गरेको छ ।

अमेरिकाले रुस र युक्रेन दुवै व्यापारी जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न र काला सागर 'ब्ल्याक सी'मा सैन्य आक्रमण रोक्न सहमत भएको बताएको छ ।

अमेरिकाले दुवै देशले युद्धबन्दीको आदानप्रदान, पक्राउ परेका नागरिकको रिहाइ र जबरजस्ती रुसमा लगिएका युक्रेनी बालबालिकालाई फिर्ता गराउन सहयोग गर्ने बताएको छ ।

युक्रेन र अमेरिकाले रुस र युक्रेनको ऊर्जा संयन्त्रमा आक्रमण नगर्ने सहमति गरेका छन् । यसका लागि आवश्यक कदम चालिनेछ ।

अमेरिकाले आफ्नो विज्ञप्तिमा रुसलाई कृषि उत्पादन र मलको निर्यातमा सहयोग गर्ने र बन्दरगाहमा रुसको पहुँचलाई सहज बनाउने बताएको छ ।

अमेरिकाले दुवै देशलाई यो युद्ध अन्त्य गर्न आवश्यक रहेको र शान्ति वार्तामा सहयोग गरिरहने स्पष्टसँग भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro