site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको गोलाबारीमा कश्मीरमा एक महिलाको मृत्यु, दुई घाइते

काठमाडौं । पाकिस्तानको गोलाबारीपछि भारत नियन्त्रित कश्मीरमा एक महिलाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । 

भारतीय अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियालाई दिएको जानकारी अनुसार नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल)नजिकै उरी जिल्लामा भारी गोलाबारीपछि एक महिलाको मृत्यु भएको छ । उनका दुई परिवारका सदस्य घाइते भएका बीबीसीले जनाएको छ । 

कश्मीरका विभिन्न सीमा क्षेत्रबाट प्राप्त भिडियो फुटेजले गएरातिको गोलाबारीमा धेरै पसल र घरहरू क्षतिग्रस्त भएको देखाएको दाबी गरिएको छ । बीबीसीले यसलाई पुष्टि गर्न सकेको छैन ।
यसअघि, बुधबार बिहानदेखि पाकिस्तानी गोलाबारीका कारण भारतको कश्मीरमा तीन महिला र पाँच बच्चासहित १६ जनाको मृत्यु भएको बिहीबार बताएको थियो ।
 
पाकिस्तानको आक्रमणपछि अवस्था बुझ्न मुख्यमन्त्री अब्दुल्ला जम्मूमा
भारतको जम्मू कश्मीर राज्यका मुख्यमन्त्री उमर अब्दुल्ला जम्मू राज्यमा पुगेका छन् । गएराति पाकिस्तानले भारत र भारतनियन्त्रित कश्मीरका तीन सैन्य अड्डाहरूमा ड्रोन र मिसाइल प्रहार गरेपछि त्यसको समीक्षा गर्न उनी त्यहाँ पुगेका हुन् ।

विद्यालयहरू बन्द
भारत–प्रशासित कश्मीरमा आज सबै निजी र सरकारी विद्यालयहरू बन्द छन् । भारतका २४ वटा विमानस्थल बन्द गरिएको छ । 

तनाव बढेपछि भारतीय सेयर बजारमा गिरावट
भारतले बुधबार बिहान सबैरै गरेको आक्रमणको प्रत्युत्तरमा पाकिस्तानले बिहीबार बेलुकी भारतीय सैन्य अड्डाहरूमा ड्रोन र मिसाइल प्रहार गरेपछि भारतको सेयर मार्केटका प्रमुख सूचकहरू, निफ्टी र बीएसई सेन्सेक्स, शुक्रबार बिहान घटेर खुलेका छन् ।

देशका शीर्ष ५० सार्वजनिक कम्पनीहरूको अवस्था ट्रयाक गर्ने निफ्टी दुई सयभन्दा बढी अंक गुमाएको छ । सेन्सेक्स ६०० भन्दा बढी अंकले झरेको छ ।

आज के हुँदै छ ?
भारतीय संचारमाध्यमका अनुसार भारतका रक्षामन्त्री राजनाथ सिंहले आज दिनभरी तीन सैन्य प्रमुखहरूसँग बैठक गर्नेछन् । 

भारत र पाकिस्तानले दक्षिण एसियामा तनाव बढाउने काम गरेकोमा एकअर्कालाई दोषी ठहर्‍याएका छन् । अमेरिका र अन्य देशले दुवै पक्षलाई तनाव कम गर्न आग्रह गरिरहेका छन् । 

बिहीबार बेलुका पाकिस्तानले भारत र भारत नियन्त्रित कश्मीरका तीन सैन्य अड्डाहरूमा ड्रोन र मिसाइल प्रहार गरेको आरोप भारतीय सेनाले लगाएको छ । यसलाई पाकिस्तानले भने अस्वीकार गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro