site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युरोपमा टेस्लाको बिक्री ४४ प्रतिशतले घट्यो

काठमाडौं । युरोपमा अमेरिकी ईभी निर्माता कम्पनी टेस्लाका गाडीको बिक्री ४४ प्रतिशतले घटेको छ ।

टेस्लाका मालिक एवं विश्वकै धनाढ्य अर्बपति उद्यमी एलन मस्क हाल विवादमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा प्रभाव पार्न थालेयता मस्कका गतिविधिको युरोपमा समेत विरोध भइरहेको छ ।

अमेरिकाको टेक्सास आधारित विद्युतीय कार निर्माता टेस्लाले गत महिना (फेब्रुअरी)भरि युरोपमा १६ हजारभन्दा कम गाडी बिक्री गरेको छ ।

यो बिक्री युरोपियन युनियन (ईयू)का २५ देश, बेलायत, नर्वे र स्विट्जरल्यान्डमा ४४ प्रतिशतको गिरावट हो ।

गत महिना फेब्रुअरीमा टेस्लाको बजार हिस्सा ९.६ प्रतिशतले घटेको छ, जुन पाँच वर्षयताकै कम हो ।

जनवरी महिनामा युरोपभरि टेस्लाको बिक्री ४५ प्रतिशतले घटेको थियो । सन् २०२४ को फेब्रुअरीमा १८ हजार १६१ गाडी बिक्री भएका थिए । गत फेब्रुअरीमा भने ९ हजार ९४५ गाडीमात्रै टेस्लाले युरोपमा बिक्री गरेको छ ।

तर, बेलायतमा मात्रै गत महिना टेस्लाका नयाँ गाडीको दर्ता २१ प्रतिशतले बढेको बताइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro