site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनको आक्रोश : सबैलाई टुकुचामा गाडदिन्छु ! त्यसपछि हेरौँला
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारको दम्भका कारण महानगरका सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्योपछि हेरौँला तिमीहरूको के–के तन्त्र हो !”

बालेनले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई अघोषित निलम्बन गरेका छन् । उनले नयाँ प्रशासकीय अधिकृत पठाउन सरकारलाई पत्र लेखे पनि सरकारले पुरानैलाई निरन्तरता दिएको छ । 

उनको कार्यालयमा बालेनको सचिवालयले तालाबन्दी गरेको छ । प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीले तलब पाएका छैनन् । 

केही वर्षअघि बालेनले सरकारप्रति आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत ‘सिंहदरबार जलाइदिने’ धम्की दिएका थिए । सर्वत्र आलोचनापछि उनले सो स्टाटस मेटाएका थिए ।

सरकारले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा भने बालेनले मौनता साँधेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro