site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५ घोषणा

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)ले ‘राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५औँ राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने भएको छ ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख १३ गते सम्पन्न हुने फोटोपत्रकारिता अवार्डबारे जानकारी गराइएको हो । एनएफपीजे नेपाल, व्यावसायिक फोटोपत्रकारहरूको पहिलो आधिकारिक संस्था हो ।   

संस्था ०५३ साल असोज ६ गते स्थापना भएको थियो । अवार्ड समारोहमा देश तथा विदेशमा कार्यरत फोटो पत्रकारहरूको क्षमता र योगदानको सम्मानस्वरूप विभिन्न १६ विधामा ट्रफी, सम्मानपत्र प्रदान गरिनेछ ।
 
साथै ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने व्यक्तिलाई नगद २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।

राष्ट्रिय तथा प्रदेशस्तरीय अवार्ड विधा

राष्ट्रिय फोटोपत्रकारिता अवार्डअन्तर्गत नौ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटोपत्रकारिता समेटिएको छ ।

त्यसैगरी, प्रदेशस्तरीय अवार्डतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट फोटोपत्रकारलाई सम्मान गरिनेछ ।

अवार्डका लागि आवेदन प्रक्रिया

फोटोपत्रकारिता क्षेत्रमा तीन वर्षभन्दा बढी समयदेखि क्रियाशील फोटोपत्रकारहरूले अनलाइन फारम भरी आवेदन दिन सक्नेछन् ।
 
आवेदनका लागि कार्यरत संस्थाको परिचयपत्र, ०७९ वैशाखदेखि ०८१ फागुन मसान्तसम्म खिचिएका उत्कृष्ट पाँच फोटो (१२ बाई १८ इन्च आकारमा ३०० डीपीआई गुणस्तरमा क्याप्सनसहित) पेस गर्नुपर्नेछ । आवेदन फारम ०८१ चैत ३०को राति १२ बजेभित्र बुझाइसक्नुपर्नेछ ।

निर्णायकमण्डल र मूल्यांकन मापदण्ड

अवार्ड छनोट समिति अध्यक्ष प्रदीपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्स्योरेन्सका ब्रान्डिङ एन्ड कम्युनिकेसन प्रमुख मेगेन्द्र प्रकाश गिरी, प्राज्ञ वास्तुकला तथा सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देशसञ्चारका सहसम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहनेछन् ।

निर्णायक मण्डलले तस्बिरहरूको प्राविधिक पक्ष, समाचार मूल्य, नैतिकता, सामाजिक–सांस्कृतिक प्रभाव, नवीनता तथा प्रविधिको प्रयोगलगायत आधारमा मूल्यांकन गर्नेछ ।

राज्यले फोटोपत्रकारको हकहित र सम्मानका निम्ति कुनै पनि पुरस्कार तथा सम्मान स्थापना नगरेकाले ०७३ सालदेखि आफ्नो नेतृत्वमा यो कार्यक्रम सुरु गरेको समूहका अध्यक्ष वन्तले बताए ।

संस्थाले नेपालमा रहेर व्यावसायिक फोटो पत्रकारिता गर्नेहरूको सम्मान तथा हौसलाका निम्ति अवार्ड आयोजना गरिने उनले बताए ।  सुरुमा वार्षिक रूपमा आयोजना गर्ने गरी स्थापना गरेको कार्यक्रम हाल आर्थिक अभावका कारण दुई वर्षको एकपटक गर्न लागिएको हो ।  

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष विकास रौनियार र निर्णायक मण्डलको तर्फबाट वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेलले शुभकामना व्यक्त गरेका थिए । 

यस वर्षको कार्यक्रम संयोजकमा वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ र सदस्यहरूमा महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्षलगायत गरी सातजनाको आयोजक कमिटी गठन गरिएको अध्यक्ष वन्तले जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro