site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुग्लिन–नारायणगढ सडकमा यात्रुलाई उस्तै सास्ती
Sarbottam CementSarbottam Cement

चितवन । काठमाडौं र पोखरालाई देशको पूर्व–पश्चिम भागसँग जोड्ने ‘लाइफ लाइन’ का रुपमा रहेको नारायणगढ–मुग्लिन सडक निर्माणको गति सुस्त हुँदा दैनिक हजारौँ यात्रुले सास्ती पाएका छन् ।

कुल ३२.२ किलोमिटर लम्वाईको उक्त सडकलाई तीन खण्डमा बाँडेर सन् २०१७ को अप्रिलसम्म निर्माण कार्य सक्नेगरी नेपाल र भारतका ठेकेदारहरुलाई सडकको ठेक्का दिइएको थियो । एसियाली मापदण्डअनुरुप दुई लेनको सडक निर्माण गर्ने गरी विश्व बैंकको २ अर्ब ९० करोड रुपैयाँ ऋण सहयोगमा सडक निर्माणको काम थालिएको थियो ।

गत वैशाखमै काम सम्पन्न गर्ने गरी सडक विस्तार कार्य थालिए पनि पटकपटक म्याद थपिँदासमेत अझै ३२ प्रतिशत काम सम्पन्न हुन बाँकी छ । आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार अन्तिमपटक थपिएको म्याद पूरा हुन दुई महिनामात्रै बाँकी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सो सडकमा दैनिक दस हजारभन्दा धेरै गाडी गुड्छन् । तर, निर्माण कार्यलाई तीव्रता दिन नसक्दा हजारौँ यात्रुको दैनिक जीवन प्रभावितमात्रै बन्ने गरेको छैन, पर्यटन व्यवसायलगायत सबै क्षेत्र अस्तव्यस्त बन्दै आएको छ ।

आयोजना प्रमुख चन्द्रनारायण यादव भन्छन्, “६८ प्रतिशत काम सम्पन्न भइसकेको छ । सडक निर्माणको कार्यलाई तीव्रता दिन अब रातिको समयमा पूर्ण रुपमा र दिउँसोको समयमा एकतर्फी गाडी बन्द गरेर निर्माण कार्य पूरा गछौँ ।”

Global Ime bank

प्रधानमन्त्रीको निर्देशन टेरेनन्

नारायणगढ–मुग्लिन सडकको निर्माण कार्य सुस्त भएपछि गत साउन १८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले आफैँ निरीक्षण गरी आयोजना प्रमुख र ठेकेदारहरुलाई युद्धस्तरमा काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।

व्यवस्थापिका संसदअन्तर्गत विकास समितिले पनि सडक निर्माणमा ढिलासुस्ती भएको निष्कर्षसहित निर्माण पक्षलाई तोकिएको समयमै सम्पन्न गर्न भनेको थियो ।

सडक निर्माणमा भएका कामको नियमित अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको थियो । तर, प्रधानमन्त्रीको निर्देशनसमेत अटेर गरी सडक निर्माणमा सुस्तता आएपछि स्वयं प्रधानमन्त्री देउवाले सौराहामा हात्ती महोत्सवको उद्घाटन कार्यक्रममा गुनासो पोखेका थिए ।

सरकारको दबाबका कारण जिल्ला प्रशासन कार्यालयमा आयोजित आयोजना प्रमुख, ठेकेदारहरु, प्रजिअ र प्रहरी प्रमुखहरुको बैठकले आगामी १८ गतेदेखि सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । दिउँसो आवश्यकताका आधारमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

नारायणगढ–मुग्लिन खण्डको मुख्य चार स्थानमा भित्ता काट्ने काम बाँकी नै छ । आयोजना सम्पन्न हुन अब दुई महिनामात्रै बाँकी रहेको छ । आयोजना कार्यालयले आगामी चैत मसान्तसम्म काम सम्पन्न हुने बताए पनि ठेकेदार कम्पनीहरुले भने काम सकिन असारसम्म लाग्ने जनाएको छ ।

फाइल तस्बिर  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय