site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२६ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २६.१० अंकले बढेर २६४०.७८ विन्दुमा बन्द भएको छ । यस दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । यस दिन चार अर्ब ४८ करोड ३५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

आइतबार ६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ८३ करोड रुपैयाँले घटेको हो ।

आज २१० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३३ कम्पनीको सेयर मूल्य घटेको छ । गार्डेन माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.२९ प्रतिशतले वृद्धि भएर दुई हजार २६५ रुपैयाँ ६३ पैसा कायम भएको छ । आज पोखरा फाइनान्सको सेयर मूल्य ७.४७ प्रतिशतले वृद्धि भएको छ ।

आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.९२ प्रतिशतले घटेर ८०० रुपैयाँ कायम भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.०५ प्रतिशतले घटेर एक हजार ९१५ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ३.७५ प्रतिशतले बढेको छ । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro