site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवसर दिए प्रधानमन्त्री सबैभन्दा राम्रो महिलाले चलाउँछन् : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्न सक्ने बताएका छन् । सोमबार काठमाडौंमा ‘खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व : अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

महिला कमजोर नभएको उनले उल्लेख गरे । उनले राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले देशको नेतृत्व गरिसकेको बताए । “महिलाहरू कमजोर छैन । किन छैन भने हाम्रो मुलुकको सबैभन्दा महत्त्वपूर्ण पद, सबैभन्दा ठूलो पोस्ट राष्ट्रपति महिलाले चलाएको छ,” उनले भने, “विद्यादेवी भण्डारीज्यूले त मुलुकलाई राष्ट्राध्यक्षको रूपमा चलाउनुभयो ।”

महिलालाई अवसर दिनुपर्नेमा उनले जोड दिए । “अवसर दिनुस् न, अवसर दियो भने प्रधानमन्त्री पनि सबैभन्दा राम्रो महिलाले चलाउँछ,” उनले भने, “तर, अवसर नदिने । अघि किन बढाउने, समानुपातिक हालौँ भन्ने छ । महिलाले जित्छ नि, लोकसभामा अनिवार्य रूपमा महिलाको कोटा छुट्ट्याएको छ भारतमा ।”

मन्त्री यादवले शिक्षामा महिला धेरै अघि बढिसकेका बताए । “खानेपानी उपभोक्ता महासंघमा अध्यक्षज्यूलाई आग्रह गर्दछु– ४२ हजार उपभोक्ता छ, २१ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्छ भनेर निर्णय गर्नुस् । महिला आउँछ कि आउँदैन भनेर हुन्छ ? निर्णय गर्नुस् न !” न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro