देश

काठमाडौंं । माट्रिका आँखा केन्द्र र नेपाल दृष्टि विशेषज्ञ संघको संयुक्त आयोजनामा विश्व दृष्टि विशेषज्ञ दिवस मनाइएको छ । ‘आइज टू द फ्युचर, अप्टोमेट्री इम्प्रुभिङ ग्लोबल वेलनेस’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
दिवसको अवसरमा निकालिएको र्याली माट्रिका आँखा केन्द्र परिसर, ढुंगेधारा हुँदै गौशाला, रातोपुल, मैतिदेवी, हुँदै आँखा फेरि केन्द्रमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा काठमाडौं उपत्यकामा रहेको दृष्टि विशेषज्ञ आँखा अस्पताल, टिचिङ अस्पताललगायतको सहभागिता थियो ।
प्रत्येक वर्ष विश्वभर २३ मार्चमा विश्व दृष्टि विशेषज्ञ दिवस मनाइन्छ ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ १७:५८
प्रतिक्रिया दिनुहोस्