site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणतन्त्र पक्षधरलाई सघाउन एकीकृत समाजवादीमा निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने जनाएको छ ।

पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय संगठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न यसको पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा संघर्षका कार्यक्रममा सक्रिय ढंगले सहभागी हुन निर्देशन दिएको छ ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार, समान राजनीतिक सिद्वान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ । समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा आयोजना गर्ने विरोध प्रदर्शन तथा आमसभालाई सफल बनाउन पार्टीका सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

मुलुकमा सुशासन कायम गर्ने, रोजगारीका अवसर सिर्जना, आर्थिक समृद्धिका साथै सामाजिक रूपान्तरणलाई प्राथमिकता राखेर देशभर समाजवादी अभियान सुरु गरेको पार्टीले संगठन विस्तारलाई केन्द्रमा राखेर काम गरिरहेको उनले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro