site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजतन्त्र फर्काउने बहानामा चलखेल भयो : गुरुङ
फाइल तस्बिर ।

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

तमु मुक्तिमोर्चा गोरखाको छैटाँै जिल्ला सम्मेलनको शनिबार (चैत ९) उद्घाटन गर्दै उनले देशमा राजतन्त्र फर्काउने बहानामा चलखेल र षड्यन्त्र भइरहेको बताए । “प्रतिगामी शक्तिहरूले उचाल्ने, पछार्ने र राष्ट्रिय राजनीतिमा अस्थिरता सिर्जना गर्न खोजिरहेका छन् । अब देशमा गणतन्त्रको विकल्प छैन,” महासचिव गुरुङले भने, “यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भन्डाफोर गर्नुपर्छ ।’’

उनले कुनै सरकार असफल भएमा त्यसको विकल्प अर्को पार्टी र व्यक्ति हुने बताए । राजसंस्था कुनै पनि अवस्थामा विकल्प हुन नसक्ने उनले धारणा राखे ।

मुलुकको परिवर्तनका निम्ति माओवादीले सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । उनले माओवादीले फेरि अभिभावकीय भूमिका लिनुपर्ने अवस्था आएको बताए ।

“सबै दललाई कुनै न कुनै ढंगले सहमति र सहकार्यमा ल्याएर राष्ट्रिय एकता कायम गर्दै एकाधिकार, दलाल पुँजीवादी प्रभुत्वलाई सदाका लागि विस्थापित गर्नुपर्ने बेला आएको छ । त्यो वातावरण बन्दै छ,” उनले भने । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro