site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भ्रष्टाचारको नायक’लाई क्यानको महानिर्देशक बनाइयो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ‘भ्रष्टाचारको नायक’लाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक बनाइएको बताएका छन् । शनिबार (चैत ९) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टी सरकारमा रहेका बेला क्यानको महानिर्देशकमा ‘भ्रष्टाचारको नायक’लाई नियुक्त गरिएको बताएका हुन् ।

उनले महानिर्देशकले कस्तो काम गरेको छ भन्ने छानबिन गर्नुपर्नेमा जोड दिए । भ्रष्ट व्यक्तिलाई क्यानको महानिर्देशक पदमा नियुक्त गर्ने सिफारिसकर्ताको अनुहार पनि अब बाहिर आउने उनको भनाइ थियो ।

शुक्रबार (चैत ८) सार्वजनिक लेखा समितिको बैठकमा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले झलनाथ खनालको दबाबमा आफूले क्यानको महानिर्देशक नियुक्त गरेको आरोप लगाएका थिए । सम्मानीत नेता खनालले आफूले पार्टी सदस्यता लिएपछि देशमा कुनै गलत काम नगरेको जिकिर गरे ।

कम्युनिस्ट हुँ भन्ने र कमिसनमा मुख गाड्ने विषय सुहाउँदो नभएको उनले टिप्पणी गरे । महानिर्देशक नियुक्त गर्दा सिनियर र योग्यको ख्याल नगरी तत्कालीन मन्त्री र प्रधानमन्त्रीको हितमा काम गर्नेलाई रोजिएको उनले बताए ।

उनले पार्टीको महाधिवेशन भएको लामो समय भइसक्दा पनि ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ प्रकाशन नगरिएको भन्दै आपत्ति जनाए ।

उनले नेताहरूले गरेको कमजोरीका कारण प्रतिगमनकारी सक्रिय भएको धारणा राखे । यस्तै अवस्था रहे ज्ञानेन्द्र शाह आएर नारायणहिटीमा बस्दैनन् भन्ने ग्यारेन्टी नरहेको उनको भनाइ थियो ।

उनले प्रतिगमनलाई रोक्न देशलाई आमूल परिवर्तन गर्ने कार्यक्रम र पहलकदमी आवश्यक रहेको बताए । हिमालयन टेली भ्वाइस 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro