site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
झलनाथको दबाबमा क्यान र निगम अध्यक्ष नियुक्त गरेँ : प्रेम आले
सांसद प्रेम आले । फाइल तस्बिर ।

काठमाडौं । सांसद प्रेम आलेले नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पार्टीको दबाबमा नियुक्त गरिएको बताएका छन् । दुई अधिकारीलाई नियुक्त गर्न नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दबाब दिएको उनले जिकिर गरे ।

आफूले खनाल र पार्टीका अरू नेताको दबाबमा प्राधिकरण र निगमका कार्यकारी पदमा नियुक्त गरेको बताए । शुक्रबार (चैत ८) प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले १२औँ तहका पाँच वरिष्ठ अधिकारी रहँदा पनि उनीहरूलाई नै नियुक्त गर्नुपर्ने भन्दै आफूलाई पत्र पठाइएको सुनाए ।

Argakhachi Cement Island Ad

“मैले आठ महिना २१ दिन मन्त्रालय चलाएँ । धेरै बाधा, अड्चन आए,” उनले भने, “पार्टीबाट चिठी आएको थियो, यो यो मान्छेलाई यहाँ नियुक्त गर, त्यसमा प्रदीप अधिकारीको पनि नाम थियो ।”

उनले अगाडि भने “अब के गर्ने, समाजवादी नयाँ पार्टी पनि भो, अलिकति चलायमान पनि बन्नुपर्‍यो, धेरै प्रेसरका बाबजुदमा नेपाल एयरलायन्सको चेयरम्यान झलनाथ (खनाल)को सिफारिसमा र पार्टीका अन्य नेताको सिफारिसमा (प्रदीप अधिकारी र युवराज अधिकारी) भए ।”

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्