site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वाग्मतीले कोसीलाई सजिलै हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले कोसी प्रदेशलाई पराजित गरेको छ । शनिबार (चैत ९) दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा वाग्मतीले कोसीलाई १३१ रनले हराएको हो ।

२४१ रनको लक्ष्य पछ्याएको कोसी २५.३ ओभरमा १०९ रनमा समेटियो । कोसीका निम्ति अइस भट्टराईले सर्वाधिक ३७ रन जोडे ।

वाग्मतीका सूर्य तामाङले पाँच विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको वाग्मतीले ४९.३ ओभरमा २४० रन बनाएको थियो । वाग्मतीका शुभ कंसाकारले सर्वाधिक ३९ रनको योगदान गरे ।

जितसँगै वाग्मती ६ अंकका साथ छैटौँ स्थानमा उक्लिएको छ । कोसी दुई अंकका साथ लिग तालिकाको पुछारमा छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro