site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्ववियु निर्वाचनको नतिजाले राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि : शर्मा

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार (चैत ९) दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटमा उनले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उनले उल्लेख गरे । उनले राजतन्त्र पुनर्स्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गरे । उनले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन गर्न विलम्ब हुन नहुने बताए ।

महामन्त्री शर्माले चैत ५ गते भएको स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि गरेको बताए ।

उनले पार्टी बलियो हुनुपर्ने र त्यसका निम्ति सबै कार्यकर्ताबीच एकता अपरिहार्य रहेको औँल्याए । एउटाले अर्को कांग्रेसीको अस्तित्व स्वीकार गर्नुपर्ने उनको भनाइ थियो । रासस
 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro