site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनमत पार्टीका केन्द्रीय सदस्य जसपा नेपालमा प्रवेश

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य नीलम यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकी छन् । शनिबार (चैत ९) रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका जनाइएको छ ।

यसरी जसपा नेपालमा प्रवेश गर्नेमा जनमतका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी सीता गुरुङका श्रीमान् कैलाश गुरुङ समेत छन् । उनीहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मालगायत नेताको उपस्थिति रहेको जसपा नेपालको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro