site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव पेस
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रियसभामा मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव पेस गरिएको छ । शुक्रबार (चैत ८) राष्ट्रियसभा बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाहले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गरेकी हुन् ।

सांसदहरू सुमित्रा बिसी, गंगा बेल्वासे, विष्णुकुमारी सापकोटा, पूजा चौधरी, र डा. अञ्जान शाक्य उक्त प्रस्तावको समर्थक छन् । मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्ताव पेस गर्दै सांसद शाहले मुलुकको ९५ प्रतिशत परिवारमा अझै पनि महिनावारीका बेला महिला विभेदमा पर्ने गरेको बताइन् ।

महिनावारी प्राकृतिक प्रक्रिया भएको उनले उल्लेख गरिन् । यस्ता प्रकारका विभेद निर्मूल पार्न जरुरी रहेकामा उनले जोड दिइन् ।

“ठाउँ, जाति, धर्म र सम्प्रदायपिच्छे यो अवस्थालाई फरक–फरक ढंगले सम्बोधन गर्ने गरिन्छ । धर्म, परम्परा र संस्कारको नाममा छोइछिटो गर्ने गरिन्छ,” उनले भनिन्, “फरक यति मात्र हो, कतै धेरै त कतै थोरै हुन्छ । मध्य र सुदूरपश्चिममा देखिने विभेद छाउगोठमा छ भने नेपालका अन्य ठाउँमा घरको कुनामा देखिने विभेद छ ।”

संकल्प प्रस्तावका समर्थक सांसदले समेत महिनावारीको विभेदका कारण बालिकामा गम्भीर असर पर्ने र यो मानवअधिकारको उल्लंघन भएको बताए । यस्ता विभेद जरैदेखि अन्त्य गरिनुपर्नेमा उनीहरूले जोड दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro