site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लन्डनको हिथ्रो विमानस्थल २४ घण्टा बन्द, के हो कारण ?

काठमाडौं । विमानस्थल नजिकैको विद्युतीय सबस्टेसनमा भीषण आगलागी भएपछि लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरि बन्द हुने भएको छ ।

विमानस्थलले जारी गरेको विज्ञप्तिमा आगलागीका कारण विमानस्थलमा ‘ठूलो मात्रामा विद्युत् आपूर्ति अवरुद्ध’ भएको उल्लेख छ ।

विज्ञप्तिमा थप भनिएको छ, “हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न, हिथ्रो २१ मार्चको राति २३ः५९ बजेसम्म बन्द रहनेछ ।”

“यात्रुहरूलाई विमानस्थल नजान र थप जानकारीका लागि आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्छ । असुविधाका लागि हामी क्षमा चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ ।

हिथ्रो बेलायतको सबैभन्दा ठूलो विमानस्थल हो, जहाँ हरेक दिन लगभग एकहजार ३०० विमान अवतरण र उडान भर्छन् ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro